९ मंसिर २०८१, आइतबार

सप्तरीमा तस्कर र प्रहरीबीच झडप हुँदा ३ राउण्ड हवाई फायर

प्रकाशित मिति :  23 August, 2022 5:25 pm


काठमाडौं । सप्तरीमा तस्कर समुह र प्रहरीबीच झडप भएको छ । सप्तरीमा तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरी तस्कर समूहबीच झडप भएपछि प्रहरीले ३ राउण्ड गोली चलाएको जनाएको छ ।

जिल्लाको बलान बिहुल गाउँपालिका( ४ बेल्हीमा मंगलबार दिउँसो तस्कर समुह र प्रहरीबीच भएको झडप नियन्त्रणमा लिनको लागि ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

अवैद्यरुपमा भारतबाट ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्करको समुहले प्रहरी ढुंगामुढा हानेर आक्रमण गरेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

तस्करहरुले गरेको ढुंगा प्रहारबाट तीन जना प्रहरी पनि घाइते भएको डीएसपी काफ्लेले बताए

भारतबाट सामान तस्करी गरेर एक घरमा राखिएको सूचना पाएपछि प्रहरीको टोली पुगेको थियो । ती घरको खनतलासी गर्न नदिएर प्रहरीमाथि नै ढुँगा प्रहार गर्दा प्रहरीले हवाई फायर गरेको काफ्लेले बताए ।

उनले तस्करीका के समान बरामद भयो भन्ने विषयमा पछि जानकारी दिने र अहिले अनुसन्धान भइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !