थप राहत प्याकेज घाेषणा गर्दै सरकार
प्रकाशित मिति : 29 March, 2020 11:34 am
काठमाडाैं, १६ चैत ।
काेराेना विरूद्धकाे लडाइ अन्तर्गत लकडाउन चलिरहँदा सरकारले थप राहत प्याकेज घाेषणा गर्ने तयारी गरेकाे छ । लकडाउनबाट परेकाे प्रभाव मूल्यांकन गरि राहत प्याकेज घाेषणा लगाएतका विषयमा निर्णय गर्न अाइतबार नै मन्त्रीपरिषद् वैठक बस्ने भएकाे हाे ।
अाइतबार मात्र चीनबाट पहिलाे चरणमा उपचारकाे सामग्री ल्याइएकाे छ । दिउसाे १ बजे सामग्री अापूर्ति लगाएतका विषयमा निर्णय गर्न नोभल कोरोना भाइरस (कोभिड(१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठक बस्दैछ । बेलुका ४ बजे प्रधानमन्त्री केपी शर्मा अाेलीले मन्त्रीपरिषद वैठक बाेलाउनु भएकाे हाे ।