९ मंसिर २०८१, आइतबार

धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँड, यसरी सजिलै हेर्नुहोस् नतिजा

प्रकाशित मिति :  24 August, 2022 12:19 pm


काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सार्वजनिक गरेको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले गत साउन २४ गतेदेखि निष्काशन गरेको उक्त आइपीओ आज बिक्री प्रबन्धक सनराइज क्यापिटलको प्रधान कार्यालयमा बाँडफाँड सम्पन्न भएको हो ।

आइपीओमा मागभन्दा धेरै आवेदन परेको हुनाले गोलाप्रथाद्वारा बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

गोलाप्रथाबाट ३० हजार ९ सय २९ जनाले मात्र सेयर पाएका छन् । सेयर पर्नेहरुमध्यबाट १० कित्ताभन्दा बढि आवेदन दिने आवेदकहरु मध्यका ५ जनाले भने ११ कित्ता सेयर हात पारेका छन् ।

आईपिओमा कुल १८ लाख ६५ हजार ९ सय २६ जना आवेदकबाट २ करोड ४ लाख ७५ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १२ सय ८६ जनाको आवेदन रद्द भएको र बाँकी रहेका १८ लाख ६४ हजार ६ सय ४० जना आवेदकलाई गोलाप्रथाको माध्यमबाट सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०।५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणलाई बिक्रि गरिएको हो ।

यसरी सजिलै हेर्नुहोस् नतिजा

आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ ।

रिजल्ट सार्वजनिक भएपछि कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको  (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट, (http://www.sunrisecapital.com.np) धाैलागिरी लघुवित्तको वेबसाइट  र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !