काठमाडौं महानगरले काठमाडौं मल र आरबी कम्प्लेक्समा चलायो डोजर
प्रकाशित मिति : 24 August, 2022 12:56 pm
काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलअगाडि बनाइएका अवैध संरचना भत्काउन थालेको छ । संरचना भत्काउनुअघि महानगरका प्रहरीले ट्राफिक प्रहरीको सहायतामा पसल खाली गराएका थिए
त्यस्तै महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि पनि डोजर चलाएको छ । कम्प्लेक्समा पनि महानगरले मापदण्ड विपरित बनाइएका संरचना हटाउन लागेको हो ।
वैध संरचना भत्काउन र पसल खाली गराउन महानगरका मेयर बालेन्द्र साह र महानगरीय ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पनि पुगेका छन् ।
पछिल्लो समय काठमाडौं महानगरपालिकले नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको स्थानमा त्यस्ता संरचना धमाधम भत्काइरहेको छ ।
यसअघि महानगरले बानेश्वर क्षेत्रका घरका अण्डरग्राउण्ड पार्किङमा थापिएका संरचना भत्काएको थियो ।