५ आश्विन २०८१, शनिबार

भीरकोटमा एक दिने जौविक विषादी तथा झोल मल बनाउने तालिम सम्पन्र

प्रकाशित मिति :  24 August, 2022 1:12 pm


स्याङ्जा । भीरकोट नगरपालिकाको वडा नम्बर ६ मा एक दिने जैविक विषादी तथा झोल भीरकोट वडा नं ६ मा एक दिने जैविक विषादी तथा झोल मल बनाउने तालिम सम्पन्न भएको छ ।

हरित पुनरुत्थान तथा कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत युएनडिपि र नगरपालिकाको आर्थिक सहयोग, अन्धाअन्धी सामुदायिक विकास केन्द्र स्याङ्जाको व्यवस्थापनमा संचालन भएको हो ।

सहभागीहरूलाई असुरो, कालोपाती, तितेपाती, असुरो, खिर्रो, बकाइनो, जलुका, खरानी, आलो गोबर, पशुमुत्र प्रयोग गरि जैविक विषादी तथा झोल मल बनाउने तालिम दिइएको थियो । जैविक वनस्पति तथा पशु मलमुत्र प्रयोग गरि बनाइने जैविक विषादी तथा झोल मल जाडोमा ३० र ३५ दिन र गर्मीमा २० र २२ दिन राखेपछि प्रयोगका लागि योग्य हुने प्रशिक्षक डासीनारायण अर्यालले जानकारी दिएका थिए ।

वडा नं ६ का वडा अध्यक्ष लक्ष्मण खत्री अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै नगर प्रमुख कर्माचार्यले रासायनिक मलले उर्वरा शक्ति नष्ट गर्ने भएकाले जैविक मल तथा विषादीको प्रयोगलाई प्राथमिकतामा राख्न आवश्यक भएको बताएका थिए । पर्यावरण, उत्पादन र स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले जैविक विषादीलाई सबै किसानले प्रयोग गर्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै तालिममा नगरपालिकाका वडा नं १, ६ र ७ का ३३ जना कृषकहरूको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !