ट्राफिक प्रहरीको विशेष चेकिङ्ग: मापसे गर्ने एम्बुलेन्स चालक देखि स्कुलका बस चालक कारवाहीमा
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा चेकिङमा आज २ सय २७ जना चालकहरू कारवाहीमा परेका छन् ।
१ सय २५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू कारवाहीमा परेका हुन् ।
जसमा मापसे गरी बा ८ च ४३९७ नम्बरको एम्बुलेन्स चलाउने चालक १ जना , बा १९ च ८५४८ नम्बरको पानी बोक्ने सवारी साधनका चालक १ जना, बा २ क ३२७९ नम्बरको बालकुमारी स्थित कान्जिरोवा स्कुलका बस चालक १ जना र बा ९ च ९४६२ नम्बरको सवारी साधनका चालक १ एक जना रहेका छन् ।
त्यस्तै शररिक अवस्था ठिक नभएर सवारी चलाउने ५२ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाउने ११ जना र अन्य कसुरमा १ सय ६० जना चालकहरू पनि कारवाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहर वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।