१२ मंसिर २०८१, बुधबार

जबरालाई बयानका लागि बोलाउने महाअभियोग सिफारिस समितिको निर्णय

प्रकाशित मिति :  24 August, 2022 5:52 pm


काठमाडौं । निलम्बित प्रधानन्याधिश चोलेन्द्र शमशेर जबरालाई प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले बयानको लागि बोलाउने निर्णय गरेको छ ।

बुधबार बसेको समितिको बैठकले जबरालाई बयानको लागि भदौ १५ गते विहान ११ बजे बोलाउने निर्णय गरेको समितिका समितिका एक सदस्यले जानकारी दिए ।

त्यसअघि ९ देखि १२ भदौसम्म जबराविरुद्धको प्रमाण संकलन गर्ने र त्यसमाथि अध्ययन गर्ने आन्तरिक कार्यविधिमा उल्लेख छ ।
समितिले २९ भदौभित्र जबरा बिरुद्धको महाअभियोगबारे अध्ययन टुंग्याउने प्रस्ताव गरेको समितिका सभापति रामबहादुर विष्टले जानकारी दिए ।

उनले भने ‘समितिले भदौ १८ वा १९ गते प्रतिनिधिसभामा महाभियोग समितिको प्रतिवेदन पेस गर्ने गरी कार्यतालिका बनिसकेको छ ।’



प्रतिक्रिया दिनुहोस !