कोरोना भाइरस : बाँकेबाट परीक्षणका लागि पठाएर जाँच भएका सबै विरामीको नमुना नेगेटिभ
बाँके, १६ चैत ।
बाँकेबाट कोरोना भाइरस परीक्षणका लागि पठाएर जाँच भएका सबै विरामीको नमुनामा नेगेटिभ नतिजा आएको छ ।
स्वास्थ्य कार्यालय बाँकेमार्फत राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाएर जाँच भएका १३ जनाको नमुनामा नै नेगेटिभ नतिजा आएको हो । जम्मा २३ जनाको स्वाब नमुना परीक्षणका लागि पठाइएकोमा जाँच भएका १३ जनाको नजिता नकारात्मक आएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
१३ गतेसम्म पठाएका १३ जना विरामीको नमुनाको नतिजा आएको छ भने शनिबार पठाईएका १० जनाको नमुना परीक्षणको नतिजा आउन बाँकी रहेको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकी १० जनाको पनि चैत १८ गतेसम्म नतिजा आउने अपेक्षा गरिएको स्वास्थ्य कार्यालय बाँकेको भनाइ छ ।
यसबीच अहिलेसम्म बाँकेमा ६४ वडा आइसोलेशन बेड तयार भएको छ । जस अनुसार भेरी अस्पतालमा ६, नेपालगञ्ज टिचिङ हस्पिटल नेपालगञ्जमा ६ र नेपालगञ्ज टिचिङ हस्पिटल कोहपुरमा ६ वेड तयार भएका छन् । त्यस्तै लायन्स डेन्टल हस्पिटलमा ४० र क्यान्सर हस्पिटलमा ६ गरि ६४ बेड तयार भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।