अल्फा हाउसमा डोजर लगाएपछि बालेनले लेखे : ‘नक्सा हेरे डोजर चलाए मैले के बिराए’
काठमाडौं । काठमाडौंको अल्फाबिटा कम्लेक्समा डोजर चलाएका काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । बिहीबार अनुगमनकाक्रममा गएका मेयर बालेन शाह र अल्फाविटा हाउसका प्रतिनिधिसँग विवाद परेपछि नक्सा हेरेर महनागरपालिकाले भवनको अवैध संरचना हटाएको हो ।
अल्फा हाउसमा डोजर चलाउन निर्देशन दिएर निस्किएका मेयर शाहले तात्तातै सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नक्सा हेरे डोजर चलाए मैले के विराए भनेर स्टाटस लेखेका छन् ।
उक्त स्टाटसलाई हेरेर कतिपयले मेयर शाह सामाजिक संजालको झुण्डले मच्चाएर तीव्र आवेशमा आएको प्रतिक्रिया दिएका छन् ।
अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ । ‘अब उपरान्त यस्तो गर्न नपरोस, सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको संरचना हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ, त्यहीं अनुसार बनाइ दिनु होला ।’