९ मंसिर २०८१, आइतबार

आजसम्म कायम सेयरधनीले राधी विद्युत्को हकप्रदमा आवेदन दिन पाउने

प्रकाशित मिति :  26 August, 2022 12:32 pm


काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर प्रयोजनको लागि यहि भदौ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यसर्थ आज भदौ १० गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले साउन ९ गते १४७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिएको थियो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !