९ मंसिर २०८१, आइतबार

एचआईडीसीएलको ९८ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

प्रकाशित मिति :  26 August, 2022 12:42 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को झन्डै ९८ लाख कित्ता सेयर थपिएको छ।

एचआईडीसीएलको संस्थापक समूहको ९७ लाख ९५ हजार ५०५ कित्ता सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।
नेप्सेमा सूचीकृत भएको एचआईडीसीएलको संस्थापक सेयर आजैबाट कारोबारमा आउनेछ। पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ११३ रुपैयाँ ओपनिङ रेन्च तोकेको छ ।

नेप्सेले उक्त संस्थापक सेयर कारोबारको लागि ‘एचआईडीसीएलपी’ संकेत म प्रदान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !