९ मंसिर २०८१, आइतबार

विशेष चेकिङमा ४४ जना विद्यार्थी सहित ४ सय १८ जना चालकहरू कारवाहीमा

प्रकाशित मिति :  26 August, 2022 1:27 pm


काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङ अभियान अन्तरगत आज ४ सय १८ जना चालकहरू कारवाहीमा परेका छन् ।

जसअन्तर्गत ट्राफिक नियम उल्लघन गर्ने ४४ जना विद्यार्थी चालकहरु कारवाहीमा परेका छन् ।

जसमा सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी साधन चलाउने १६ जना, कागजपत्र साथमा नराखी सवारी सवारी साधन चलाउने १८ जना, मादक पदार्थ सेवन गरी सवारी चलाउने ३ जना, तिब्र गतिमा सवारी साधन चलाउने १ जना र अन्य कसुरमा ६ जना विद्यार्थी चालकहरू कारवाहीमा परेका हुन् । सोही चेकिङकै क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य सवारी साधनका ३ सय ७४ जना चालकहरु पनि कारबाहीमा परेका छन् ।

त्यस्तै बिहानै मादक पदार्थ सेवन गरी सवारी चलाउने ८ जना चालक रहेका छन । जसमध्ये ख्वप बहुप्राविधिक अध्ययन संस्थान भक्तपुरको बा १ क ५४२८ नम्बरको बसका चालक १ जना समेत रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।



प्रतिक्रिया दिनुहोस !