राहदानी विभागको पार्किङ खाली गराउदै मेयर बालेन्द्र शाह
प्रकाशित मिति : 26 August, 2022 2:00 pm
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आज त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका छन् ।
३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन्द्र शाह आफैं फिल्डमा खटिएर भत्काउन निर्देशन दिइरहेका छन् । विभागभित्र रहेको पार्किङ एरिया खाली गराउनका लागि उनले एक्सन लिन लागेका हुन् ।
पार्किङ लागि नक्सा पास गरेको ठाउँ अन्य परियोजनका लागि प्रयोग गरेपछि सेवाग्राहीले पार्किङका लागि असुविधा भोग्दै आएका छन् । त्यसैले महानगरले बल प्रयोग गरेर सो स्थान खाली गराउन लागेको हो ।
त्यस्तै मेयर साहले बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएका थिए ।