मेयर बालेनको सर्मथन गर्दै झाँक्रीले भनिन् : ‘मलाई जस्तो दलीय दबाब बालेनजीलाई छैन’
प्रकाशित मिति : 26 August, 2022 2:33 pm
काठमाडौंं । नेकपा एकीकृत समाजवादी की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले काठमाडौंका मेयर बालेन्द्र शाहको कदमलाई साथ दिएकी छिन् ।
बालेनले काठमाडौं महानगरभित्र बनेका अवैद्य संरचना भत्काउन थालेपछि नेतृ झाँक्रीले यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले आफ्नो फेसबुकमा ९ बुँदे आग्रह राख्दै काठमाडौंका नदी किनारा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरू भए पनि राजनीतिक दबाबका कारण रोकिएको झाँक्रीले बताएकी छन्।
“मलाईजस्तो दलीय दबाब मेयर बालेनजीलाई हुँदैन। म सधैँ तपाईंसँग हुनेछु। अहिले गरिरहेको काम गर्दै जानुहोला,’ झाक्रीले लेखेकी छन् । इमान्दार प्रयासहरू सफल हुन्छन्।’’
उनले मन्त्री हुँदा बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको बताउँदै निर्वाचन आएको छ यसो नगरौ भन्ने दवाव आयो र स्थगन गर्न परेको समेत खुलाइन् ।