महानगरले रत्नपार्कस्थित सब वे को अवैद्य संरचना भत्काउँदै
प्रकाशित मिति : 28 August, 2022 2:43 pm
काठमाडौं । काठमाडौं महानगरपालिकाले रत्नपार्कस्थित सव वे मा बनेको अनधिकृत संरचना भत्काएको छ। आइतबार काठमाडौं महानगरले रत्नपार्क नजिकै रहेको सब९वेमा निर्माण गरिएको अवैध संरचना भत्काएको छ ।
महानगरले ३५ दिने सूचना दिँदा समेत अटेर गरेपछि मयेर शाहले आफैँ डोजर लिएर त्यस्ता अवैध संरचना हटाइरहेका छन् ।
काठमाडौँको नयाँ बानेश्वर, सुनधारा, नयाँ सडक, बनस्ठली क्षेत्रमा मेयर शाहले डोजर चलाइसकेका छन् । आज रत्नपार्कमा डोजरभन्दा पनि नगर प्रहरीहरू आफैले सो संरचना भत्काएका हुन् ।