भीरकोटका सडक स्तरोन्नतिको लागि प्रदेश सरकारद्धारा ४ करोड रूपैयाँ विनियोजन
प्रकाशित मिति : 28 August, 2022 2:45 pm
स्याङ्जा । भीरकोट नगरपालिकाको सडक स्तरोन्नतिको लागि प्रदेश सरकारले करिब ४ करोड रूपैयाँ विनियोजन गरेको छ।
चालु आर्थिक वर्ष २०७९ र ८० मा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक स्तरोन्नतिको लागि ४ करोड बजेट विनियोजन गरेको हो । जसमा सडक कालोपत्रेदेखि, र नयाँ ट्रयाक खुलाउने योजना समेटिएका छन् ।
बयरघारी – बानेथोक सडकको लागि १ करोड ९९ लाख र छाङ्छाङ्दी (केघा) रानीपोखरी सडकको लागि १ करोड ९९ लाख रूपैयाँ विनियोजन गरेको प्रदेश सरकार शिक्षा मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए ।