भूमिगत तलालाई पार्किङको रुपमा प्रयोजन गर्न पोखरा महानगरको आग्रह
प्रकाशित मिति : 28 August, 2022 5:27 pm
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्र भित्रका अवैधानिक संरचना हटाउने अभियान थालेपछि त्यसको दवाव पोखरा महानगरपालिकामा पनि देखिएको छ ।
पोखरा महानगरपालिकाले आइतबार (आज) महानगर भित्रका भूमिगत तलालाई पार्किङको रुपमा प्रयोगमा ल्याउन सूचना प्रकाशित गरेको छ । नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत तला पार्किङका रुपमा ल्याउन घरधनीलाई आग्रह गरेको छ ।
महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै भनेको छ अन्य प्रयोजनका लागि प्रयोग गरिदैं आएका भूमिगत तला आइतबारको दिनदेखि ३५ दिनिभित्र खाली गरी पार्किङको रुपमा प्रयोगमा ल्याउन अनुरोध गरिन्छ, अन्यथा कानुन बमोजिम हुने व्यहोरा जानकारी गराईन्छ ।