निकासी पैठारी संघको अध्यक्षमा विनोदकुमार सोठिया चयन
काठमाडौं । आयात–निर्यातकर्ता व्यवसायीको प्रतिनिधि संस्था नेपाल समुद्रपार निकासी पैठारी संघमा नयाँ कार्यसमिति चयन भएको छ । संघको गत शुक्रबार सम्पन्न ४२औं वार्षिक साधारणसभाबाट विनोदकुमार सेठियाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा शिवकुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा रतनलाल केडिया, महासचिवमा अनिलकुमार अग्रवाल, प्रथम सचिवमा गौरव शारडा, द्वितीय सचिवमा विष्णुकुमार जोशी र कोषाध्यक्षमा प्रभातकुमार सर्राफ चयन भएका हुन् ।
कार्यसमिति सदस्यहरुमा आकाश गोल्छा, ऋषिराज मोर, कुमार कार्की, गोविन्दलाल संघई, जयन्तकुमार अग्रवाल, पवनकुमार अग्रवाल र पवनकुमार संचेती निर्वाचित भएका छन् ।
त्यसैगरी, प्रदीप राजगाढिया, मदन मित्तल, मयंक केडिया, रमेशकुमार थापा, रामचन्द्र खेतान, स्वाती रुंगटा अग्रवाल र सुमितकुमार वंशल कार्यसमितिमा निर्विरोध निर्वाचित भएका छन् ।