८ मंसिर २०८१, शनिबार

अनुगमनको लागि न्यूरोडको विरा कम्प्लेक्समा महानगरको टोली

प्रकाशित मिति :  29 August, 2022 1:21 pm


काठमाडौंको न्यूरोडमा रहेको बिरा कम्प्लेक्समा महानगर प्रहरी र व्यवसायीबीच घम्साघम्सी भएको छ ।

सोमबार अवैध संरचना अनुगमन गर्न पुगेको महानगर प्रहरीसहितको टोलीलाई व्यापारीहरुले अण्डरग्राहउण्ड पार्किङको मुखैमा अवरोध गरेका छन् ।

भित्र रहेको होलसेल पसल अनुगमन गर्न पुगेको महानगर प्रहरी व्यापारीको अवरोधका कारण प्रवेशद्वारमै रोकिएका छन् ।

पछिल्लो एक सातादेखि काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका अवैध संरचना हटाउने अभियान थालेको छ ।



प्रतिक्रिया दिनुहोस !