कर्णाली प्रदेशको मन्त्रीमा माओवादी केन्द्रका शाह र कामी नियुक्त
प्रकाशित मिति : 29 August, 2022 1:35 pm
काठमाडौं । कर्णाली प्रदेशमा माओवदी केन्द्रले दुई मन्त्री नियुक्त गरेको छ । सोमबार मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामलिाई नियुक्त गरेका छन् ।
मुख्यमन्त्री कार्यालयका अनुसार आजै नवनियुक्त दुई मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । प्रदेश प्रमुख तिलक परियारले नव नियुक्त मन्त्री शाह र कामीलाई आजै दिउँसो तीन बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
माओवादीले आफ्ना सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको थियो ।