११ मंसिर २०८१, मंगलबार

सडकका तार व्यवस्थापन गर्न वालिङ नगर प्रमुखको निर्देशन

प्रकाशित मिति :  31 August, 2022 11:58 am


स्याङ्जा । वालिङ नगरपालिका भित्रका सडक तथा बजारमा राखिएका विद्युत तथा केवलतार व्यवस्थापन गर्न नगरपालिकाले सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।

नगरप्रमुख कृष्ण खाँणले एक महिनाभित्रमा अव्यवस्थित रुपमा रहेका तारहरु व्यवस्थापन गर्न निर्देशन दिएको बताए । उनले भने, “विजुली, केवल तथा नेट इन्टरनेटका तारहरु अव्यवस्थित हुँदा बजारको सौन्दर्यता नै विग्रन गएकाले यसको स्थाइ रुपमा व्यवस्थापन गर्न सम्बन्धित पक्षसँग छलफल गरेका छौँ । ’’

त्यसैगरि खाँणले पार्किङको विषयलाई पनि थप व्यवस्थित बनाउने कुरामा जोड दिएका छन् । खाँणले अव्यवस्थित पार्किङबाट सेवाग्राहीको असुविधा र बजारको सुन्तरतालाई मध्य नजर गरी पार्किङको व्यवस्थापन गर्न लागिएको नगर प्रमुख खाँणले बताए ।



प्रतिक्रिया दिनुहोस !