८ मंसिर २०८१, शनिबार

मुक्तिनाथ बैंकले आजदेखि ऋणपत्र निष्काशन गर्दै

प्रकाशित मिति :  31 August, 2022 12:55 pm


काठमाडौं । हिमालयन बैंक लिमिटेडले आजदेखि ऋणपत्र निष्काशन गरेको छ । बैंकले आज भदौ १५ गते बुधबार देखि साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा दुई अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री गर्दैछ ।
जसमध्ये १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख कित्ता सर्वसाधारणका लागि खुल्ला हुनेछ ।

यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाइ पाउनेछन् ।

यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाइसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।

बैंकले उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेका छन् ।

ऋणपत्रमा १९ भदौसम्म आवेदन दिन सकिनेछ ।



प्रतिक्रिया दिनुहोस !