८ मंसिर २०८१, शनिबार

राप्ती हाइड्रोको कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?

प्रकाशित मिति :  31 August, 2022 2:14 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिजो सूचिकृत भएको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आज पहिलो कारोबार भएको छ । बुधबार धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारमा आएसँगै कम्पनीको सेयर कारोबार सुरु भएको छ ।
कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्छ।

नेप्सेमा आज ३ सय १९ रुपैंयामा कम्पनीको पहिलो कारोबार भएको छ । पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई न्यूनतम १०.३५ रुपैयाँदेखि अधिकतममा ३१९.०५ रुपैयाँ ओपनिङ रेञ्च तोकेको थियो ।

कम्पनीको कुल ६१ लाख २७ हजार ९३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमा संस्थापक समूहको ३१ लाख ८६ हजार ५२८ कित्ता, सर्वसाधारणको २३ लाख २८ हजार ६१७ कित्ता र स्थानीयको ६ लाख १२ हजार ९७३ कित्ता छन् ।

कम्पनीले २९ असारदेखि १ साउनसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर बुधबार (१५ भदौ) देखि दोस्रो बजार कारोबार सुरु भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २३ करोड ६६ लाख बराबरको २३ लाख ६६ हजार २४० कित्ता आईपीओ निष्कासन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !