८ मंसिर २०८१, शनिबार

वालिङ नगरपालिकामा मिनी रङ्गशाला निर्माण हुने

प्रकाशित मिति :  31 August, 2022 2:20 pm


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा मिनी रङ्गशाला निर्माण हुने भएको छ । वालिङस्थित खेलमैदानलाई मिनी रङ्गशालाका रुपमा विकास गरिने भएको हो ।

खेलमैदानलाई नगरपालिकाको स्वामित्वमा रहनेगरी अबको ५ वर्षमा मिनी रङ्गशालाका रुपमा विकास गर्ने लक्ष्यसहित योजना बनाएको वालिङ नगर प्रमुख कृष्ण खाँणले बताए ।

खाँणले भने, “अहिले भैरहेको खेलमैदान स्थानीय पूर्णामृत भवानी मावि, वालिङ बहुमुखी क्याम्पस र केहि व्यक्तिहरुको नाममा रहेको जग्गामा छ । काम चलाउका रुपमा रहेको खेलमैदानलाई जग्गा थपगरी व्यवस्थित गर्न जुटेको छौँ ।’’

अहिले व्यक्तिहरुका नाममा रहेको करिव ५ रोपनी जग्गा थपेर व्यवस्थापन गर्न लागिएको नगर प्रमुख खाँडले जानकारी दिए । शैक्षिक संस्था तथा व्यक्तिहरुसँग छलफल गरी योजनाकासाथ अगाडि बढ्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !