ट्राफिक नियम उल्लंघन गर्ने ६३ जना चालक कारवाहीमा
प्रकाशित मिति : 31 August, 2022 5:37 pm
काठमाडौं । विभिन्न ट्राफिक नियम उल्लंघन गरी फरार भएका ६३ ओटा दुईपाङ्ग्रे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
भदौ १ गते देखी १४ गते सम्म काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका ४ सय २० जना चालक मध्ये ६३ जनालाई कारवाही गरिएको हो ।
सिसिटिभिमा कैद भएको भिडियोका आधारमा लेन उल्लंघनमा ३१ जना, एकतर्फी सडकमा विपरीत सवारी साधन चलाएका २३ जना र सवारी मोड्न निषेध गरेको स्थानमा सवारी साधन मोडेका ८ जना चालकलाई कारवाही गरेको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार अन्य चालकहरु हालसम्म ट्राफिक प्रहरीको सम्पर्कमा नआएकाले खोजि भएको छ ।