८ मंसिर २०८१, शनिबार

अवस्था ठिक नभएका सवारी साधन चलाउने २६ जना चालक कारवाहीमा

प्रकाशित मिति :  31 August, 2022 5:52 pm


फाइल फाेटाे

काठमाडौं । काठमाडौंको कीर्तिपुर स्थित टि।यु गेट नजिकमा चेकिङको क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने २६ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

चेकिङ्गको क्रममा हेण्ड ब्रेक निकालेका ३ जना टाटा सुमोका चालक र च्यासिस बाङ्गो बनाएको १ जना टाटा सुमोका चालकलाई ट्राफिक प्रहरीले सवारी साधनको स्वरुप परिर्वतनको कसुरमा कारवाही गरेको हो ।

त्यस्तै, हेड लाईट ठिक नभएको १ जना र अवस्था ठिक नभएको ५ जना टाटा सुमोका चालकलाई कारवाही गरिएको छ ।

चेकिङमै भेटिएका वाइफर निकालेको र सवारी साधनको बत्ति ठिक नभएको ८ ओटा पानी ट्याङकर र अन्य टाटा र डि। आई गाडीका ८ जना चालकलाई पनि कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !