राष्ट्रियसभाको विधायन समितिबाट नागरितासम्बन्धी विधेयक हुबहु पारित
प्रकाशित मिति : 31 August, 2022 6:01 pm
काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट नागरिकतासम्बन्धी विधेयक हुबहु पारित भएको छ । बुधबार बसेको समिति बैठकले प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई छलफलपछि हुबहु पारित गरेको हो ।
विधेयकमा नेकपा एमालेले लिखित अहसमति राखेपनि समितिमा सत्तारुढ गठबन्धनमा रहेका दलको बहुमत रहेकाले विधेयक पारित भयो ।
विधायन समितिमा १५ जना सदस्य रहेकामध्ये एमालेका तीन र स्वतन्त्र सांसद खिमलाल देवकोटाले फरक मत दर्ज गरेका छन् । पारित भएको उक्त विधेयक भोलि बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने तयारी भएको स्रोतले बताएको छ ।