१८ असार २०८१, सोमबार

कोरोना अस्पतालमा बसेका एक जनाको मृत्यु,परीक्षणका लागि स्वाब आजमात्रै काठमाण्डौं पठाइयो

प्रकाशित मिति :  29 March, 2020 3:47 pm


रुपन्देही, १६ चैत । बुटवलमा कोरोना अस्पतालमा बसेका एक जनाको मृत्यु भएको छ । बुटवल धागो कारखानामा बनाईएको क्वारेन्टाइनमा राखिएका रुपन्देहीको सैनामैना वडा नं ४ सीसौ डाँडाका ३७ बर्षीय एक व्यक्तिको मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले क्वारेन्टाइनमा रहेको व्यक्तिको पुष्टि गरे । उनले मृत्युको कारणबारे थप रिपोर्ट आउन बाँकि रहेको बताए ।

चैत ६ गते युएईबाट नेपाल आएका उनलाई ज्वरो देखिएकाले १३ गते क्वारेण्टाइनमा राखिएको थियो । कोरोनाको लक्षणसँग मिल्दो जुल्दो देखिएकाले उनको स्वाव परिक्षणका लागि आज मात्रै काठमाण्डौं पठाईएको छ ।



प्रतिक्रिया दिनुहोस !