४ आश्विन २०८१, शुक्रबार

बाइकमा मोबाइल स्ट्यान्ड राखे २० हजार रुपैयाँसम्म जरिवाना लाग्ने

प्रकाशित मिति :  1 September, 2022 12:41 pm


काठमाडौं । ट्राफिक प्रहरी कार्यालयले बाइकमा मोबाइल स्ट्यान्ड राख्ने चालकलाई कारबाही गर्ने भएको छ । म्याप हेर्न वा भिडिओ खिच्नका लागि बाइकमा मोबाइल स्ट्यान्ड राख्दा दुर्घटना निम्तिएको भन्दै ट्राफिक प्रहरीले देशैभर यसको प्रयोगमा निषेध गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले कानुनमा भएको व्यवस्था लागू गर्न लागिएको बताए । हाल यसको बारेमा सचेतनामूलक कार्यक्रम गरिरहेको र छिट्टै नै यसलाई कार्यान्वयनमा ल्याउने उनको भनाइ छ ।

बाइकमा कुनै पनि किसिमको मोबाइल स्ट्यान्ड राख्दा वा अन्य मोडिफाई गर्दा ट्राफिक प्रहरीले ५०० देखि दुई हजार रुपैयाँसम्म जरिवाना तिराउने नियम छ । थप अटेर गरे वा नियम नमानेको पाइएमा न्यूनतम पाँच हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना लाग्ने ट्राफिक प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए ।

पछिल्लो समय राइडिङ सेयर, डेलीभरी कम्पनीका राइडरहरुले म्याप हेर्ने यसको बढी प्रयोग गरेको र जसले गर्दा दुर्घटना निम्त्याउने भएकाले यस्तो नियम लागू गर्न लागिएको हो ।



प्रतिक्रिया दिनुहोस !