निलम्बित प्रधानन्यायधीश जबरासँग दोस्रो दिनको बयान सुरु
प्रकाशित मिति : 1 September, 2022 12:46 pm
काठमाडौं । निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सुरु भएको छ । बिहीबार सिंहदरबारमा महाअभियोग सिफारिस समितिको बैठकमा जबरासँग दोस्रो दिनको बयान सुरु भएको हो ।
बुधबार उनले आफूमाथि लागेका आरोपको जवाफ दिने क्रममा अन्य न्यायाधीश र राजनीतिक दलका नेताहरुमाथि पनि विभिन्न आक्षेप लगाएका थिए ।
बुधबार समितिले सिंहदरबार चोलेन्द्रको बयान लिएको थियो । तर बयान नसकिएपछि उनको आज पनि बयान लिइएको कांग्रेस सांसद मीन विश्वकर्माले जानकारी दिए ।
बयानका क्रममा जवाफ दिँदै जबराले आफ्र पछाडिको व्यक्तिलाई प्रधानन्यायधीश बनाउन महाअभियोग प्रस्ताव दर्ता भएको बताएका थिए ।