पोखरा–बाग्लुङ सडक खण्ड पहिरोले अवरूद्ध
प्रकाशित मिति : 1 September, 2022 1:27 pm
काठमाडौं । मध्यपहाडी लोकमार्ग अन्र्तगत पोखरा–बाग्लुङ खण्ड पहिरोले अवरूद्ध भएको छ । बिहीबार पर्वतको मोदी गाउँपालिका–५ स्थित अम्बोटको भ्यापले खोलामा पहिरो खसेर मध्यपहाडीको पोखरा–बाग्लुङ सडक खण्ड विहानैदेखि अवरूद्ध भएको हो ।
तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिरोले बिहानदेखि लोकमार्ग पूर्णरुपमै बन्द भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
पहिरो खसेको स्थानमा एक्सकाभेटर प्रयोग गरी सडक खुलाउने प्रयास गरिएको र अबको १० १५ मिनेटमा यातायात सुचारु हुने प्रहरीले जनाएको छ ।
तर तीन दिनदेखि निरन्तर पानी परिरहेको हुँदा पहिरो पन्छाउन समस्या भइरहेको पर्वत ट्राफिक कार्यालयका प्रमुख प्रेमनारायण श्रेष्ठले बताए । पानी पर्न भए बन्द सडक छिट्टै खुल्ने उनले बताए ।