८ मंसिर २०८१, शनिबार

निलम्बित प्रधानन्याधीश जबरासँग दोस्रो दिनको बैठक सकियो

प्रकाशित मिति :  1 September, 2022 2:19 pm


काठमाडौं । महाअभियोग सिफारिस समितिले दोस्रो दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग आजको बयान सकिएको छ । समितिले राणालाई बयानको लागि १९ गते दिउँसो १ बजे पुनः बोलाएको छ ।

विहान ११ बजे निर्धारित समयमै सिंहदरबार पुगेका जबरासँग झण्डै २ घण्टा चलेको बयानका क्रममा २ वटा मात्रै प्रश्न सोधिएको थियो ।

महाअभियोग सिफारिस समितिले जबरासँग बयानको लागि ४४ वटा प्रश्न तयार पारेको पनि २ दिनमा ६ वटा प्रश्नमात्रै सकिएको छ भने अब बाँकी ३८ वटा प्रश्न बाँकी रहेको छ ।



प्रतिक्रिया दिनुहोस !