१८ असार २०८१, सोमबार

रोल्पा नगरपालिकाले अति बिपन्न परिवारलाइ राहत वितरण गर्ने,कोरोना भाइरसविरुद्ध थप सतर्कता बढाउने

प्रकाशित मिति :  29 March, 2020 4:51 pm


रोल्पा, १६ चैत ।

रोल्पा नगरपालिकाले ज्याला मजदुरी गरि दैनिकी चलाउने अति बिपन्न परिवारलाइ खाद्यान्न राहत वितरण गर्ने निर्णय गरेको छ ।

आज बसेको नगरपालिकाको बैठकले बिपन्न परिवारको डाटा संकलन गर्ने र उनीहरुका लागि समय अनुसारको राहत प्याकेज ल्याउने निर्णय नगरपालिकाले गरेको हो । कोरोना रोकथामका लागि स्थानीय सरकारको तर्फबाट आउन सक्ने जोखिम वा बिपतको घडीमा बिपत ब्यवस्थापन कोषमा रहेको बजेट रकमलाई खर्च गर्ने निर्णय गरेको नगर प्रमुख केसीले जानकारी दिए ।

बैठकमा वडाअध्यक्ष तथा कार्यपालिकाका पदाधिकारीहरुले विदेशबाट वा भारतबाट आएका आफ्ना वडाको डाटा समेत बुझाएका छन् । हालसम्म रोल्पा नगरपालिकामा ३९ जना भारतबाट र ६ जना तेस्रो मुकबाट आएका व्यक्तिको तथ्याङ्क संकलन भएको छ । विदेश र अन्य देशहरुबाट आएका सबैलाई होम ‘होम क्वारेन्टाइन’मा बस्न वडाका जनप्रतिनिधिहरुले अनुरोध गरेको बताएका छन् ।

नगरपालिकाले नगरमा रहेको रोल्पा अस्पताललाई बिपतको समयमा ब्यवस्थापन गर्न भन्दै थप पिपिइ सेट, बेडसेटहरु प्रदान गर्ने र सबै स्वास्थ्य संस्थाहरुमा ज्वरो नाप्ने उपकरण प्रदान लगायत स्वास्थ्य संस्थाहरुलाइ सदैव तयारी अवस्थामा रहन निर्देशन समेत दिने निर्णय गरेको छ ।

बैठकले कोरोना भाइरस बारे रोल्पा नगरपालिकाका १० वटै वडाहरुमा वडाका जनप्रतिनिधिहरुले सचेतना सन्देश प्रवाह गर्ने, भारत वा तेस्रो मुलुकबाट आएएकाहरुको डाटा संकलन गरि आवश्यक प्रकृयामा सघाउने, कोरोना भाइरसको सन्त्रास फैलाउन भन्दा पनि सतर्कता अपनाउनका लागि वडाबासीहरुलाई अनुरोध गर्ने लगायतका निर्णय गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !