स्याङ्जा काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि प्रतिनिधि खटायो
स्याङ्जा । स्याङ्जा काँग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि प्रतिनिधि खटाएको छ । ‘जनताको साथमा काँग्रेस’ भन्ने अभियानलाई सार्थक बनाउन काँग्रेस स्याङ्जाले जिल्लाका ११ स्थानीय पालिकाका लागि प्रतिनिधि खटाएको हो ।
जिल्लाका ११ पालिका मध्ये काँग्रेस स्याङ्जाको बैठकले नगरपालिका तर्फ पुतलीबजारमा प्रेमराज पौडेल, भीरकोटमा अर्जुनप्रकाश अर्याल, वालिङमा शेरबहादुर थापा, गल्याङ्मा युवराज पाण्डे र चापाकोटमा महेन्द्र श्रेष्ठलाई खटाएको छ ।
त्यस्तै गाउँपालितका तर्फ फेदीखोलामा धु्रर्बबन्धु पौडेल, आँधीखोलामा तारा मल्ल, अर्जुनचौपारीमा गोविन्द रानाभाट, बिरुवामा देबेन्द्र गुरुङ, हरिनासमा डोलबहादुर खड्का, र कालिगण्डकीमा शिब गिरि खटिएका छन् ।
लक्षित रणनीति अनुरुप निर्वाचनमा कार्यकर्ताले मतदाताको घरघरमा पुगेर ‘जनताको साथमा काँग्रेस’ भन्ने अभियानलाई सार्थक बनाउने लक्ष्य राखिएको स्याङ्जा काँग्रेसले जनाएको छ ।