८ मंसिर २०८१, शनिबार

चोरी भएका २१ वटा दुईपाङ्ग्रे सवारी साधान हस्तान्तरण

प्रकाशित मिति :  2 September, 2022 2:50 pm


काठमाडौं । विभिन्न समयमा चोरी भएका २१ वटा सवारी साधन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार सवारी धनीलाई हस्तान्तरण गरेको छ।

कार्यालयमा आयोजित कार्यक्रममा कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सवारी साधन धनीलाई हस्तान्तरण गरेका हुन्।

कार्यालयमा आर्थिक वर्ष २०७९/२०८० को साउन र भदौको मध्यसम्ममा दुई पाङ्ग्रे सवारी साधन हराएको २२१ ओटा निवेदन प्राप्त भएका थिए।

प्राप्त निवेदनका आधारमा चोरी भएका सवारी साधन खोजी गर्दा साउन र भदौको मध्यसम्ममा १०१ सवारी साधन फेला परेका थिए।

फेला परेकामध्ये साउनमा ७३ र भदौको मध्यसम्ममा १० वटा सवारी साधन धनीलाई जिम्मा लगाइसकिएको छ। थप २१ वटा सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेसँगै यस आवको भदौ १६ गतेसम्म १०४ ओटा सवारी साधन धनीको जिम्मा लगाइएको छ।

यसै आर्थिक वर्षमा चोरीका ८ वटा दुईपाङ्गे सवारी साधनसहित ९ जना पक्राउ परेका थिए। उनीहरूलाई आवश्यक कारबाहीका लागि परिसर तथा वृतमा पठाइएको छ।



प्रतिक्रिया दिनुहोस !