८ मंसिर २०८१, शनिबार

नेप्सेमा नेपाल पुनर्बीमाको सेयरमूल्य समायोजन

प्रकाशित मिति :  2 September, 2022 3:47 pm


काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीको ५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६ सय ६१ रूपैयाँ ९० पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको नेप्सेले जनाएको छ । नेप्सेले शुक्रबारको अन्तिम कारोबार मूल्य ६ सय ९५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७र७८ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।२६३२ प्रतिशत नगद गरी कुल ५।२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !