४ आश्विन २०८१, शुक्रबार

भारतीय स्थल सेनाध्यक्ष पांडे नेपाल आउँदै

प्रकाशित मिति :  4 September, 2022 9:05 am


काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे आज नेपाल आउने भएका छन्। नेपाली सेनाका अनुसार प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतीय सेना प्रमुख नेपाल आउँदै छन् ।

पाँचदिने नेपाल भ्रमणका क्रममा उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, प्रधानसेनापति शर्मासँग द्विपक्षीय वार्ता गर्ने, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी हुने, आर्मी कमाण्ड एण्ड स्टाफ कलेजका विद्यार्थीसँग अन्तरक्रिया गर्ने लगायतका कार्यक्रममा सहभागी हुने छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। नेपाली सेना र भारतीय सेनाबीच यस्तो परम्परा रही आएको छ ।

भ्रमणका क्रममा भारतीय सेना प्रमुखले प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटवार्ता गर्ने निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !