निलम्बित प्रधानन्यायधीश जबरासँगको बयान आजपनि जारी
प्रकाशित मिति : 4 September, 2022 1:08 pm
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बयान आज पनि जारी रहेको छ । महाअभियोग सिफारिस समितिमा आइतबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान सुरु भएको हो ।
बयानका लागि जबरा तेस्रो दिन पनि निर्धातिर समयमै समितिमा उपस्थित भएका थिए । समितिले जबरासँग बयानको लागि ४४ वटा प्रश्न तयार गरेपनि दुई दिनमा जम्म ६ वटा प्रश्न मात्र सकिएको छ ।
यसअघि दुई दिनको बयानका क्रममा जबराले आफूमाथि लागेका आरोपको जवाफ दिने क्रममा अन्य न्यायाधीश र राजनीतिक दलका नेताहरुमाथि पनि विभिन्न आक्षेप लगाएका थिए ।
जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले १ फागुनमा महाअभियोग दर्ता गरेका थिए ।