८ मंसिर २०८१, शनिबार

स्याङ्जामा श्रीमती मारेको आरोपमा श्रीमान पक्राउ

प्रकाशित मिति :  4 September, 2022 1:36 pm


स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ८ का गोपाल दमैलाई श्रीमती मारेको आरोपमा प्रहरीले प्रकाउ गरेको छ ।

पुतलीबजार वडा नम्बर ८ की ४२ वर्षीय मञ्ञु दमैलाई टाउकोमा हानेर मारेको आरोपमा प्रकाउ गरेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ । घाइते भएकी मञ्जुलाई उपचारको लागि स्थानीयले तत्कालै स्याङ्जा अस्पताल लगेका थिए ।

स्याङ्जा अस्पतालमा उपचार हुन नसकेपछी उनलाई मणिपाल शिक्षण अस्पताल पोखरा लगिएकोमा भदौ १५ गते उपचारको क्रममा मृत्यु भएको थियो । श्रीमतीको उपचारको क्रममा मृत्यु भएपछि पोखोरबाट गोपाल दमैलाई प्रहरीले प्रकाउ गरेको हो ।

दमैलाई कर्तव्य ज्यान मुद्धा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट भदो १७ गते म्याद थप अनुमति लिई घटनाको समबन्धमा थप अनुसन्धान गरिरहको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !