८ मंसिर २०८१, शनिबार

असोज महिनादेखि शुक्रबारको सेयर कारोबार हटाउँदै नेप्से

प्रकाशित मिति :  4 September, 2022 2:08 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबारको कारोबार बन्द गर्ने भएको छ । आगामी असोज महिनादेखि शुक्रबार हुने सेयर कारोबार पूर्ण रुपमा बन्द गर्ने नेप्सेले जनाएको छ ।

आइतबार बसेको नेप्सेको संचालक समितिको बैठकले असोज महिनाको पहिलो शुक्रबार देखि नै शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेपछि नेप्सेले साताको कारोबार पाँचै दिन पुराउन शुक्रबार पनि कारोबार सुरु गरेको थियो ।

सरकारले आईतबारको बिदा समेत खारेज गरेसंगै लगानीकर्ताहरुले शुक्रबारको कारोबार बन्द गर्नुपर्ने माग गरेका थिए ।
केहिसमय अघिदेखि नेप्सेका पदाधिकारीले शुक्रबारको कारोबार छिट्टै बन्द हुने बताउँदै आएका थिए ।



प्रतिक्रिया दिनुहोस !