३ आश्विन २०८१, बिहिबार

रोल्पाको नेकपा सुनिल स्मृति गाँउपालिका कमिटीले भन्यो,‘कोरोना विरुद्ध जिम्मेवार भएर लागौं’

प्रकाशित मिति :  29 March, 2020 6:30 pm


रोल्पा, १६ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनिल स्मृति गाँउपालिका संगठन कमिटि रोल्पाले लुम्बिनी सञ्चार डट.कम.मा कोरोनाको त्रासमा जनता, झुट बोल्दै गाँउपालिकाका अध्यक्ष काठमाण्डौं बस्दै शिर्षकको समाचारले गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

पार्टीको गाँउपालिका कमिटी अध्यक्ष मनिराम बुढाथोकीले विज्ञप्ति जारी गर्दै,‘आजका दिनसम्म ५ जना कोरोनाको संक्रमित प्रमाणित भइसकेको अवस्थामा पछिका दिनहरुमा थप संक्रमित फेला परि थप स्थिति जटिलतातिर नजाला भन्न सकिदैन,त्यसैले नेपाल सरकारले गरेको लकडाउनलाई आम पार्टीपंक्तिका कायकर्तासहित जिम्मेवार कमरेडहरुलाई कोरोना भाइरसबाट बच्न बचाउन गरिने कुनैपनि कसर बाँकी नराख्न’ भनेका छन् । उनले यसअघि नै विज्ञप्ति मार्फत गरेको अनुरोध समेत नेता कार्यकर्तालाइ स्मरण गराएका छन् । उनले घुमाउरो पाराले गाँउपालिकाका अध्यक्ष प्रति असन्तुष्टि जनाएका छन् ।

अध्यक्ष बुढाथोकीले उपचार र सुरक्षामा खटिने सबैको सुरक्षाका लागि अति आवश्यक स्वास्थ्य सामाग्री,पिपिई लगायत अन्य सामाग्रीहरु प्रयाप्त मात्रामा परिपूर्ति गरिदिन भन्दै स्थानीय सरकार,प्रदेश र संघीय सरकारसँग माग गरेका छन् ।

उनले स्थानीय सरकारसँग भनेका छन्,‘यस गाँउपालिकाको केन्द्र सुलिचौर रुईनिवाङ बजारमा किटनाशक औषधि छर्की बजारलाई किटानु,भाइरसरहित बनाउन स्थानीय सरकारसँग माग गर्दछु । गाँउपालिकाका अध्यक्ष गुणेन्द्र घर्ती संकटका बेलापनि काठमाण्डौंमा बसेको भन्दै आलचना भईरहेको छ । यसैविषयमा लुम्बिनी सञ्चार डट.कममा समाचार प्रकाशित भएको थियो ।



प्रतिक्रिया दिनुहोस !