८ मंसिर २०८१, शनिबार

नयाँ स्टक खोल्ने बोर्डको तयारी, न्यूनतम ३ अर्ब चुक्तापुँजीको हुनुपर्ने

प्रकाशित मिति :  4 September, 2022 2:49 pm


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेन्जको प्रस्ताव गरी नियामावली संसोधनको लागि अर्थमन्त्रालय पठाएको छ ।

बोर्डले नयाँ स्टक एक्सेन्जको लागि न्यूनतम चुक्ता पुँजी ३ अर्ब प्रस्ताव गरी नियामवली संशोधनको लागि अर्थमन्त्रालय पठाएको जनाएको छ ।

धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को पहिलो संशोधन २०६७ अनुसार धितोपत्र बजार सञ्चालक (स्टक एकचेञ्ज)को न्युनतम चुक्ता पूँजी ५ करोड भए पुग्ने व्यवस्था थियो ।

हाल बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचिकृत संगठित संस्थाले मात्र धितोपत्र बजार (स्टक एक्सचेञ्ज) को सेयरमा लगानी गर्न सक्ने व्यवस्था छ । तर, संशोधन मस्यौदामा भने यी बाहेकका अन्य संस्थागत लगानीकर्ताले समेत लगानी गर्ने सक्ने व्यवस्था गर्न लागिएको बोर्डले जनाएको छ ।

अर्ब अर्थ मन्त्रालयले उक्त नियमावली स्वीकृत गरेपछि मात्रै धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जलाई लाईसेन्स दिन आवश्यक प्रकृया सुरु गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !