४ आश्विन २०८१, शुक्रबार

ट्राफिक प्रहरीलाई अभद्र व्यवहार गर्ने दुई चालकविरुद्ध मुद्दा दर्ता

प्रकाशित मिति :  4 September, 2022 2:25 pm


काठमाडौं । मदिरा सेवन गरी भाडाको ट्याक्सी चलाउने २ जना चालकविरुद्ध ट्राफिक प्रहरीले अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ ।

प्रहरीले शनिवार राति काठमाडौंको सुकेधाराबाट पक्राउ परेका बा २ ज ३३४१ नम्बरको ट्याक्सी चालक सुनसरीका ३४ वर्षीय विकास सुनार र कीर्तिपुरबाट पक्राउ परेका बा २ ज ६५४ नम्बरको ट्याक्सी चालक ललितपुर ९ का ४६ वर्षीय राजेन्द्र महर्जनविरुद्ध मुद्दा दर्ता गरेको हो ।

सुनारलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ भने महर्जनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कीर्तिपुरमा बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

प्रहरी वृत्तहरूमा बुझाइएका दुबै चालकलाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउन म्याद थपका लागि जिल्ला अदालत पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस !