मापसे गरेर स्कुल बस चलाउने पाँच जना चालक कारबाहीमा
काठमाडौं । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आइतबार मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बिहान साढे ५ बजे देखी साढे ८ बजे सम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारबाहीमा परेका हुन्।
मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा काठमाडौंको कलंकी स्थित एल.आर.आई. स्कुलको बाग्मती प्रदेश ०१–००३ क ९१ ५७ नम्बरको बसका चालक राज कुमार पण्डित, धोविघाट स्थित आइडल मोडेल स्कुलको बा ५ क ९७ ९८ नम्बरको बसका चालक राजेश थापा, आइडल मोडेलकै बा १ क ६४ १६ नम्बरको अर्को बसका चालक कृष्ण बहादुर सुनार, तीनकुने स्थित कौटिल्या स्कुलको प्रदेश ३–०१–०३३ च ९९७ नम्बरको बसका चालक गणेश भण्डारी र चोभार स्थित मोर्डेन ईन्डियन स्कुलको बा ३ क ४६ १६ नम्बरको बसका चालक घना दोर्जे लामा रहेका छन् ।
यस्तै चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्लंघन गर्ने १२ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।