काठमाडौं महानगरको ताकेता: सात दिनभित्र कर नतिरे क्यासिनोलाई कारबाही
प्रकाशित मिति : 4 September, 2022 6:21 pm
काठमाडौं । काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरन्जन कर तिर्न ७ वटा क्यासिनोलाई ताकेता गर्दै पत्र लेखेको छ ।
आइतबार एक पत्र पठाउँदै महानगरले होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णको क्यासिनो प्यालेस, होटल र्याडिसनको क्यासिनो र्याड, होटल हायातको प्राइड इन्टरनेशनल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न ताकेता गरेको हो ।
वागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरन्जन कर पटक–पटक ताकेता गर्दा पनि आर्थिक वर्ष २०७५ ०७६ देखि हालसम्म सम्बन्धित संस्थाहरुले उक्त कर नतिरेको महानगरले जनाएको छ ।
उक्त कर तिर्न पत्र प्राप्त भएको सात दिनभित्र महानगरको राजश्व विभाग बबरमहलमा बुझाउन आग्रह गरेको छ । समयमा कर नबुझाए महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गर्ने महानगरले स्पष्ट पारेको छ ।