४ आश्विन २०८१, शुक्रबार

कोशी टप्पु क्षेत्रमा जंगली हात्ती मृत फेला

प्रकाशित मिति :  5 September, 2022 8:22 am


काठमाडौं । सप्तकोशी नदी किनारामा रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ ।

उदयपुरको बेलका नगरपालिका– ८ सिसौली टप्पुस्थित जंगलमा हात्ती मृत अवस्थामा फेला परेको हो । कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने सिसौली जंगलमा हात्ती मृत अवस्था फेला परेको थियो ।

डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहका अनुसार गए राति नै स्थानीयहरूले हात्ती मृत अवस्थामा फेला परेको जानकारी दिएको बताए ।

जंगली हात्ती मृत फेला परेपछि डिभिजन वन कार्यालय गाईघाटको टोली, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु डाक्टर सहित कोशी टप्पु बन्य जन्तु आरक्षका प्रतिनिधिहरू सहित पोस्टमार्टममा पुगेका थिए ।

सो क्षेत्रमा घुमीरहने जंगली हात्ती केही दिन अगाडि नै मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !