४ आश्विन २०८१, शुक्रबार

भारतीय सेनाध्यक्षद्वारा टुँलिखेलको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण

प्रकाशित मिति :  5 September, 2022 10:52 am


photo: nepali army twitter
photo: Nepali Army twitter

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतिय सेनाध्यक्ष मनोज पाण्डे टुँडिखेलस्थित सैनिक मञ्चमा पुगेका छन् । उनले सैनिक मञ्च टुँलिखेलमा रहेको वीर स्मारकमा पाण्डेले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

टुडीखेलको कार्यक्रम सकेर उनी आजै सैनिक मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गरेका छन् । सो अवसरमा उनले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरे ।

सोमबार बिहान प्रधान सेनापति प्रभुराम शर्मा र सेनाध्यक्ष पाण्डेबीच भेटघाट तथा छलफल भएको छ । सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछिन् ।

प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष पाण्डे पाँच दिने भ्रमणमा आइतबार काठमाडौं आएका हुन् । भ्रमणमा उनकीसँगै पत्नी अर्चना पाण्डे पनि सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस !