४ आश्विन २०८१, शुक्रबार

असोज ८ गते वालिङमा मिनि म्याराथन प्रतियोगिता हुने

प्रकाशित मिति :  5 September, 2022 4:01 pm


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा मिनि म्याराथन प्रतियोगिता हुने भएको छ । लियो क्लव अफ वालिङ सिटीको आयोजनामा आगामी असोज ८ गते १९.२ कि मि लामो ‘दोस्रो लियो कप २०२२ मिनी म्याराथन’ प्रतियोगिता हुने भएको हो ।

स्याङ्जाको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने मुख्य उद्धेश्य राखेर भीरकोट नगरपालिकाको कार्यालयबाट सुरु हुने प्रतियोगिता वालिङ नगरपालिकाको कार्यालयमा आएर टुङ्गिने छ ।

सहभागीहरुमध्ये उत्कृष्ट दश जनालाई पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम ३० हजार, द्वितीय २० हजार, तृतिय १० हजार ,सान्त्वना स्थान हासिल गर्नेलाई ४ हजार नगद पुरस्कार रहेको छ । पाँचौ, छैटौँ र सातौँ हुनेलाई जनही नगद ३ हजार,मेडल र प्रमाणपत्र तथा आठौँ,नवौँ र दशौँ स्थान हासिल गर्ने धावकलाई नगद २ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवले जनाएको छ ।

लियो मिनी म्याराथन’मा गण्डकी प्रदेशका तथा अन्य जिल्लाहरुबाट करिब ४०० भन्दा बढी धावकहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी प्रत्येक धावकको एक लाख सम्मको दुर्घटना बिमा गरिएको क्लवले जनाएको छ । म्याराथन प्रतियोगिता हुने ट्रयाकको नेपाल प्रहरीसँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाईएको छ ।



प्रतिक्रिया दिनुहोस !