हिरासतमा रहेका सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न गृहमन्त्री खाणको निर्देशन
प्रकाशित मिति : 5 September, 2022 5:22 pm
काठमाडौं । पर्यटन मन्त्रीलाई लाइनमा बस्नु भनेकै कारण प्रकाउ गरी थुनामा परेको सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्।
गृहमन्त्री खाणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर छाड्न निर्देशन दिएको गृहमन्त्री खाणको सचिवालयले जानकारी दिएको छ।
भीएफएसमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरूङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो ।
पर्यटन मन्त्री श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा छाया सेन्टरमा रहेको भिएसएफमा कार्यरत सुरक्षा गार्ड गुरूङलाई पक्राउ गरी दरबारमार्गस्थित प्रहरी वृत्तमा राखिएको थियो।