८ मंसिर २०८१, शनिबार

सानिमा माई हाइड्रोले गर्‍यो लाभांश घोषणा

प्रकाशित मिति :  6 September, 2022 12:15 pm


काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५ प्रदिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीको हिजो (भदौ २० गते, सोमबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ । कम्पनीले एघारौँ वार्षिक साधारण सभा कार्तिक २ गते बुधबार गर्ने निर्णय गरेको छ ।

त्यस्तै, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १२ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज ११ गतेसम्म कायम सेयरधनीले उक्त लाभांशमा भाग लिन पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस !